पाख्रीवास
कुहिरो को घुम्टो ढपक्क ओढी सोह्रै र श्रिङ्गार गरेकी
लोभलाग्दो करिश्मा अहो उनै पो हुन कि अर्फोडाइटी
मजबुत पाशाण झै तिमी हृदय कोमल गुलाफको
त्यो निल शिर बाट बहन्छ वायु चन्चले स्वभावको
उषा मा सुन्दर घाम को लाली बेलुकी चम्कन्छन जुन र तारा
गए त्यहा कुनै दिन रमाउने छन दुनियै सारा
देखिन्छ राम्छेबाट अरुन बगेको मुनि मकालु, माथी शिरै मा
काफलै पाक्यो वन है भरी, घङरु र ऐसेलु भिरै मा
कोकिल छर्छन मधुर सुवास बसन्ती धुन मा
त्यै धुन सुनी मात्तिदै नाच्छन् हरिन वनमा
प्रेमिल भाव ले फुलाउछन यहाँ हातै मा सुनाखरी
सौर्न्दर्य तिम्रो अटल सधै लाग्छ है स्वर्गै सरि ।
-दिपिक्षा बस्नेत
Comments