बिदा गर्दै मौसम हिलो को
शरदको पारिलो घाम उदायो
पवन मा मिसिदै हेर
सुगन्ध शरद को आयो

बाला झुले धानका सुवर्ण 
धराले काचुली फेर्यो
हरियो आँचल आज उसको
पहेंलो लालित्यमा पोतियो

क्षितिजमा घाम सँगै आज 
हिमाल मुस्कुराएछ
नीलो आकाशमा झुम्न पाउँदा
त्यो बादल रमाएछ

त्यहीं धानबारीमा बादल सँग लुकामारी म खेल्छु 
जिते यदि भने हर्ष ले गीत एउटा म गाउछु 
हारे त्यहीं  प्रकृति सँग
साइनो मित को म लाउछु।


                                   

Comments

Popular Posts